सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

काठमाडौँ- सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबिच बिदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीतिक छलफल भएको छ ।
साथै उत्पादनशील क्षेत्रहरू र प्रविधी स्थानन्तरणहरूमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रिटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने बिषयमा छलफल भएको छ ।
उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरूका समस्या समाधानका लागि आफु लागि परेको र नेपाली आप्रवासीहरूको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य राजदूत पौडेलले बताए । साथै उनले पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना बनिरहेको समेत जानकारी दिए । भेटमा पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्…

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

प्रतिक्रिया