नेपालस्थित बंगलादेश दूतावासले विशेष कार्यक्रम गरि मनायाे ´जुलाई अपराइजिङ डे’

काठमाडौं- नेपालस्थित बंगलादेश दूतावासले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी `जुलाई अपराइजिङ डे’ मनाएकाे छ । आजभन्दा ५३ वर्ष अगाडि बंगलादेशमा भएको जनविद्रोहको स्मरणमा `जुलाई अपराइजिङ डे’ अर्थात् जुलाई जनविद्रोह दिवस मनाइएकाे हाे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ प्रमुख अतिथि हुनुहुन्थ्यो ।
गुरुङले दिवसकाे शुभकामना दिँदै बंगलादेशको लोकतन्त्रतर्फको परिवर्तनशील यात्रामा नेपालबाट पूर्ण सहयोग र समर्थन रहने बताए । जुलाई जनविद्रोहलाई ‘बंगलादेशी जनताको लोकतन्त्रप्रतिको सामूहिक इच्छाशक्ति’को रूपमा चर्चा गर्दै उनले नयाँ पुस्ताबाट थालनी भएको यो आन्दोलनले ल्याएको ऊर्जा र उत्साह विशेष रहेकाे बताए । ` नेपाल र बंगलादेशबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि तथा जनस्तरको सम्पर्कजस्ता विभिन्न क्षेत्रहरूमा भइरहेको सहकार्य एवम् आपसी सहयोगलाई अझ सशक्त बनाउनुपर्छ,´ उनले भने ।
कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले दीर्घकालीन अधिनायकवादी शासनबाट जनतालाई मुक्त गराउने जुलाईका संघर्षकर्ताहरूको योगदान स्मरण गरे । उनले दमन र विभेदविरुद्ध विशेषगरी युवा पुस्ता– जेन जेडको भूमिकाको उच्च प्रशंसा गरेका थिए । उनले साे जनविद्रोहमा विदेशमा रहेका बंगलादेशीहरूले दिएको योगदानको पनि प्रशंसा गरे ।
राजदूत शफिकुर रहमानले यो जनविद्रोहलाई अवसरको रूपमा चित्रित गर्दै उनले लोकतान्त्रिक र समृद्ध बंगलादेश निर्माणका लागि अन्तरिम सरकारका पहलहरूमा सबै सरोकारवालाहरूले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसको सन्देश वाचन गरेर सुनाइएको थियो । कार्यक्रममा जुलाई जनविद्रोहसँग सम्बन्धित एक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।सन् १९७२ को जुलाई १७ मा ढाका विश्वविद्यालयका विद्यार्थी र श्रमिकहरुले जनजीविकाका सवालमा सरकारविरुद्ध गरेको प्रतिरोधका रूपमा स्थापीत याे दिवसलाई बंगलादेशको एउटा महत्वपूर्ण र ऐतिहासिक दिन मानिन्छ ।
कार्यक्रममा सार्कका महासचिव मोहमद गोलाम सरवारले बंगलादेश सरकार र नागरिकहरुलाई दिवसको शुभकामना दिएका थिए । कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूतहरू, विशिष्ट व्यापारी, व्यवसायी, चिकित्सक, पेशाकर्मी, नागरिक समाज, पत्रकार लगायत सहभागी थिए । त्यस्तै, सार्क सचिवालय, इसिमोड, युनिसेफलगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए ।

काठमाडौंमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

प्रतिक्रिया