गाजामा इजरायली आक्रमणमा २६ जनाको मृत्यु

गाजा सिटी- गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार र हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । तीमध्ये १४ जना सहायता वितरण केन्द्र नजिकै पर्खिरहेका बेला मारिएका हुन् ।
दक्षिण गाजाको खान युनिसमा सहायता पर्खिरहेका आठ जना इजरायली गोलीबाट मारिएको र मध्य गाजामा ६ जना को ज्यान गएको पुष्टि गरिएको छ ।
त्यस्तै, अल–मावासी क्षेत्रस्थित टेन्टमा रातको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।
गाजा सहर नजिक र खान युनिसमा भएका थप आक्रमणमा सात जनाको मृत्यु भएको जानकारी दिइएको छ ।
मानविक सहायता वितरण केन्द्रहरूमा दैनिक भिडभाड भइरहेका बेला पनि गोली प्रहार हुने घटना दोहोरिएको गाजाली जनताको भनाइ छ ।
इजरायली सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । (एएफपी)

बंगलादेश तख्तापलटको एक वर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने

गाजामा बम विस्फोट र भोकमरीले दैनिक २८ बालबालिकाको मृत्यु

लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

पाकिस्तानमा बाढीले १४० बालबालिकासहित २९९ जनाको मृत्यु

प्रतिक्रिया