बिहीबार २२ साउन, २०८२
Thursday, August 07, 2025

इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

इस्लामवाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेको दुई वर्ष पूरा भएको छ । 

जियो न्यूजका अनुसार यस अवसरमा इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले देशभर विरोध प्रदर्शनको घोषणा गरेको छ।

सावधानीका लागि रावलपिंडी जिल्ला प्रशासनले अगस्ट ४ देखि १० अगस्टसम्म कानून र व्यवस्था कायम राख्न धारा १४४ लागू गरेको छ । चार जनाभन्दा बढी भेला हुन, र्‍याली, विरोध प्रदर्शन वा प्रदर्शनमा पूर्ण रोक लगाइएको जनाइएको छ ।

पीटीआईका समर्थकहरूले जेलबाहिर विरोध प्रदर्शन गर्ने योजना बनाइरहेका छन्। यसैलाई मध्यनजर गर्दै कारागार प्रशासनले थप सुरक्षाकर्मी परिचालन गर्न माग गरेको छ ।

इमरान खान रावलपिंडीको अदियाला जेलमा छन् ।