रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले संसदीय व्यवस्थामा आफ्ना कुरा राख्ने र समाधान खोज्न सकिने भएपनि लामो समयदेखि सदनमा आफ्नो कुरा राख्ने र बाहिरिने कामले रास्वपाका सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको देखिएको बताए ।
उनले पनि विषयलाई आवेगमा आएर हेर्न नहुने भन्दै अराजक शैलीबाट मुक्त हुन रास्वपा सांसदहरूलाई सुझाव दिए । त्यस्तै शर्माले रवि लामिछानेको पक्षमा भन्दै गरिएको हस्ताक्षर अभियानप्रति पनि प्रश्न बताए ।
उनले कुनै पनि अदालतले लामिछानेलाई कसुर नगरेको भन्न सकिने अवस्था नरहेको भनेको उल्लेख गर्दै धरौटीमा छुट्दा न्याय मिल्यो भन्नेले थुनामा पठाउँदा प्रतिशोध भयो भन्न नमिल्ने जिकिर गरे । लामिछानेले टेलिभिजनमा कार्यक्रम चलाउँदा अदालतको आदेश नमान्नेमाथि कडा प्रहार गरेको स्मरण गर्दै शर्माले अहिले अदालतको आदेशबिरुद्ध हस्ताक्षरमार्फत कसलाई दबाब दिन खोजेको ? भन्दै प्रश्न समेत गरे ।

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
कुलिङ अफ् पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष छैनः सभापति खतिवडा

कुलिङ पिरियडबारे छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारीः अर्थमन्त्री पौड…

गृहमन्त्री लेखकद्वारा विधयेक समिति बैठक आह्वान

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

प्रतिक्रिया