तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदहरूले मदिरा तस्करी नियन्त्रणमा गम्भीर हुन आग्रह गर्दै तस्करलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सदस्यहरू रञ्जुकुमारी झा र रेखा यादवले सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको घटनाको विरोध जनाउनुभएको छ ।
सभाको आजको बैठकमा विशेष समयमा उहाँहरूले तस्करी नियन्त्रणका क्रममा गोलीगठ्ठाको प्रयोग नगरी तस्करीमा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा सप्तरीमा प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको मृत्यु भएको थियो । भारतीय सीमा नजिकबाट मदिरा तस्करीमा ‘सर्च अप्रेसन’ चलाउँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
सांसदहरूले तस्करीले राजस्व चुहावट र नियन्त्रणका क्रममा जनताको मृत्यु भइरहेको भन्दै यसतर्फ गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । जनता समाजवादी पार्टीका सांसद झाले भन्नुभयो, “तस्करीको निदान एवं नियन्त्रण, कानुनी कारबाहीका लागि सरकार किन गम्भीर छैन ।
जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो । “देशमा तस्करी, कालाबजारी हुनुहुँदैन। तर त्यसको सजायको यन्त्र गोलीगठ्ठा नै हो त रु त्यसलाई कानुनी दायरामा ल्याउन नपर्ने हो रु”, उहाँले भन्नुभयो । सांसद यादवले सुक्खाग्रस्त क्षेत्र घोषणा र स्थलगत अवलोकनपछि पनि मधेस प्रदेशका जनतालाई राहतको कार्यक्रम प्रभावकारी नदेखिएको टिप्पणी गर्नुभयो ।
विशेष समयमा जनमत पार्टीका सांसद अब्दुल खाँनले तीनै तहका सरकारको काम र जिम्मेवारी स्पष्ट पार्दै जनताले अनुभूत गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । “जनतालाई तीनै तहको सरकारको अनुभूति गराउन सकेनौँ”, सांसद खाँनले भने।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशका जिल्लालाई जलसङ्कट र मरुभूमि हुनबाट बचाउन उदयपुर, सिन्धुली र मकवानपुर जिल्लामा पर्ने चुरे भावर क्षेत्रलाई समेटेर पुनःसंरचना गर्नुपर्ने बताउनुभयो । उहाँले रासायनिक मलको बहुउपयोग हुनेहुँदा किसानलाई अभाव हुने गरेको बताउनुभयो । मल खरिदको अनुमति निजी फार्मलाई दिनुपर्ने उहाँको भनाइ थियो ।
यस्तै, आमजनता पार्टीका सांसद प्रभु साहले संसदीय गरिमा खस्कँदै गएकोतर्फ सबैलाई सचेत गराउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद नारायणप्रसाद आचार्यले विद्यालय शिक्षा पाठ्यक्रम सुधार आधारभूत तहदेखि माध्यमिक तहसम्म पाठ्यक्रमको व्यावहारिक, समावेशी र समसामयिक बनाउने कार्य थालनी भएको भन्दै यसलाई प्रभावकारी, समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।
एमाले सांसद गङ्गाप्रसाद यादवले मुसहर समुदायको उत्थान र विकासका लागि सभामुखमार्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका सांसद अमृतादेवी अग्रहरीले जलवायु परिवर्तनको प्रभावले मधेसमा पर्याप्त वर्षा नभएको भन्दै जथाभावी बस्ती निर्माण र वन फँडानी नियन्त्रण गर्नुपर्ने बताउनुभयो । सरकारलाई मात्र दोषारोपण नगरी चुरे संरक्षणमा सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
नेकपा एमालेका सांसद सूर्यकुमारी श्रेष्ठले आउँदो चाडपर्वमा देशभरको सुरक्षित सडक यात्रा, स्वस्थ्यकर खानपान र महँगी नियन्त्रणका लागि सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले समसामायिक विषयमाथि ध्यानाकर्षण गराउनुभएको थियो ।

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
कुलिङ अफ् पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष छैनः सभापति खतिवडा

कुलिङ पिरियडबारे छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

प्रतिक्रिया