बुधबार २१ साउन, २०८२
Wednesday, August 06, 2025

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा अटो र मोबिलिटी प्रदर्शनी नाइमा-२०२५ बुधबारदेखि आइतबारसम्म आयोजना हुँदैछ । पाँच दिनसम्म चल्ने यो एक्सपोमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय ब्रान्डहरूको सहभागितामा सम्पन्न हुनेछ, जहाँ विद्युतीय सवारी, हाइब्रिड, र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ ।

कम्पनीका अनुसार यसै एक्सपोमा, टिभीएसले नेपाली बजारका लागि प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गर्दैछ ।

टिभिएसको स्टल एल३ए ( हल वि) मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युव, र विश्वासिलो जुपिटर लागतका २ – व्हीलर सवारीहरू रहनेछन् । साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्यूचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलो पटक सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।