बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा

दमौली (तनहुँ)- यहाँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन् ।
१५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरु विद्यालय नगई बेपत्ता भएका थिए ।
उनीहरु परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । किशोरीहरुले आफूहरुलाई खोज्न पर्दैन भनेर भनेको उहाँले उल्लेख गरे ।
सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए । उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ ।
दुई बालिका भेटिए
भानु नगरपालिका–४ राना गाउँबाट गत मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका भेटिएका छन् । १२ वर्षीया मन्सु घर्ती र उनकी सानी बहिनी तीन वर्षीया कञ्चन घर्ती राति भेटिएका हुन् ।
काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यही रिसमा विद्यालय नगई दिनभर गाँउतिर लुकेको र राति अबेरसम्म खोज्दै गर्दा राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

एउटै पालिकाका २४३८ घर बाढीपहिरोको जोखिममा

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

प्रतिक्रिया