भारतीय माझी श्रीलङ्काबाट पक्राउ

रामेश्वरम, तामिलनाडु- श्रीलङ्काली नौसेनाले तामिलनाडुको रामनाथपुरम जिल्लाबाट १४ जना भारतीय माझीहरूलाई पक्राउ गरेको छ । माछा मार्न गएका माझीमध्ये चारजनालाई बुधबार थोन्डी, तिरुप्पलाईबाट पक्राउ गरिएको थियो भने मङ्गलबार १० जनालाई तमिलनाडुको रामनाथपुरम जिल्लाको रामेश्वरमको पम्बन क्षेत्रबाट पक्राउ गरिएको थियो ।
तिरुप्पलाईबाट पक्राउ परेका माझीहरू विमलराज माथेस शक्ति र कार्थीको पहिचान गरिएको छ ।
सी वर्कर्स एसोसिएसनका प्रदेश अध्यक्ष एस मुर्गन्थमलाई उद्धृत गर्दै एएनआईले श्रीलङ्काली नौसेनाले डुङ्गामा माछा मार्न गएका १० माझीहरूलाई पम्बनबाट पक्राउ गरेको जनाएको छ ।
श्रीलङ्काली नौसेनाले रामनाथपुरम जिल्लाबाट एकै दिनमा १४ माझीलाई पक्राउ गरेको घटनाले माझिहरुबीच अशान्ति निम्त्याएको जनाइएको छ ।
यसअघि जुलाई २९ मा रामेश्वरमका पाँच माझीलाई श्रीलङ्काली सेनाले माछा मार्दा अन्तर्राष्ट्रिय समुद्री सीमा पार गरेको आरोपमा पक्राउ गरेको थियो ।
मछुवा सङ्घका सचिव एनजे बोसका अनुसार श्रीलङ्काली नौसेनाले बारम्बार पक्राउ गर्ने डरका बाबजुद पनि मछ्वाहरू समुद्रमा गएको जनाउनु भएको छ ।
उनीहरूले मन्नारको खाडीमा धनुषकोडी र थलाइमन्नारको बिचको पानीमा माछा मारिरहेको अवस्थामा श्रीलङ्काली नौसेनाले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएका छन् ।
सेनाले जस्टिन नाम गरेका स्थानीय माझीको यान्त्रिक डुङ्गा जफत गरी डुङ्गामा रहेका पाँच माझीहरूलाई हिरासतमा लिइएको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिहरू थाङ्गाचिमडमका जस्टिन, मोबिन, रामेश्वरमका साइमन पम्बनका डेनिसन र शेखर सबै रामेश्वरम क्षेत्रका बासिन्दा हुन् ।
बोसले उनीहरूलाई सोधपुछका लागि मन्नार नौसेना शिविरमा लगिएको दावी गरेको छ । (एएनआई)

चिकुनगुनिया भाइरसले विश्वभरीका २.४ लाख प्रभावित, अमेरिकाले जारी गर्यो चेता…

गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

अमेरिकाद्वारा ‘एमआरएनए’ प्रविधिमा आधारित खोप परियोजनाको लगानी रोकिँदै

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

बंगलादेश तख्तापलटको एक वर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

प्रतिक्रिया