निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा असहमति जनाएको छ।
एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको बताए। आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो।
“स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो। नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ। राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षा बमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो”, एमाले केन्द्रीय निर्वाचन प्रमुख आचार्यले भने।
उनले सैद्धान्तिक रुपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले अहसमति रहेको बताए।

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

राप्रपा अध्यक्ष लिङ्देन गुट भेलालाई तीव्रता दिँदै

संसदीय समितिमा विद्यालय शिक्षा विधेयकबारेमा छलफल हुने

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

प्रतिक्रिया