शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

काठमाडौँ- अर्थसहित संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ  । 

जसअनुसार अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसद सदस्य र बिज्ञहरुसँग छलफल गरिनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदन माथि छलफल हुनेछ । जुन बैठक अपरान्ह १२:१५ बजेबाट सुरू हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक भने बिहान ९:०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल गरिनेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुनेछ । जुन बैठकमा बिहान ११:०० बजेबाट सुरू हुनेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान ९:१५ बजेबाट सुरू हुनेछ । जुन बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।