तातोपानी सडक नखुल्दा सरकारसँग आक्रोशित छन् व्यवसायी, नाका नखुले दसैँ-तिहार महंगिने निश्चित

काठमाडौँ- दसैँ आउन करिब डेढ महिना बाँकी रहँदा सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको सडक अवस्था लथालिङ्ग छ । वर्षाले भोटेकोशी गाउँपालिका-२ कोदारीमा एक साताअघि गएको पहिरो अझै खुलाउन सकिएको छैन ।
नेपाल-चीन मितेरी पुलबाट करिब २ किमि नेपालतर्फको बाटोमा पहिरो गएपछि सडक खुलाउन अझै सकिएको छैन । माथि वस्ति भएकाले वस्ति जोगाएर सडक खुलाउन पनि समस्या भइरहेको छ ।
पहिरोले सडक अवरूद्ध हुँदा व्यापारी मात्रै होइनन् त्यहाँबाट कैलाश मानसरोवर जाने यात्रु पनि समस्यामा परेका छन् ।
अवरूद्ध सडक खुलाउन व्यापारीहरूले सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएको उनीहरूको आरोप छ ।
बाढीले रसुवाको केरुङ नाका बन्द भएपछि धेरै व्यवसायीहरू समस्यामा परेका छन् ।
सडक अवरूद्ध हुँदा दसैँको सामान बोकेका झन्डै ६ सय कन्टेनर नेपाल आउन सकेका छैन भने सीमा क्षेत्र आएका कन्टेनर पनि अलपत्र अवस्थामा छन् । सडक निर्माण नहुँदा नजिकिदै गरेको चार्डपर्वको लागि समयमा सामान नआउँदा बजार महङ्गो हुने निश्चित जस्तै छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार नेपालीहरूको चाडपर्व लक्षित सामान लोड भएर (पारी) चीनमा नै अड्किएका छन् । 'संघीय सरकारले पनि त्यति चासो देखाएको छैन । विपद्मा गर्ने काम राज्यले गरेन । बिम तेर्स्याएर बाटो खुलाउन सकिने अवस्था थियो त्यो पनि राज्यले गरन' बस्नेतले भने 'नाका खुलेन् भने पारी लोड भएर बसेका स्याउ र लसुन कुहिन्छ । यसले व्यापारीहरूलाई करोडौँ घाटा लाग्छ ।'
उनका अनुसार दसैंका सामान जति सबै अड्किएका छन् । लत्ता कपडा पनि लोड भएर बसको छ, तर नेपालमा कन्टेनर राख्ने ठाउँ नभएर ल्याउन नसकिएको उनले बताए । करिब ५ सयदेखि ६ सय वटा कन्टेनर चीन रोकिएक छन् । एक कन्टेनरको भाडा दैनिक १० रूपैयाँ चिनियाँ व्यवसायी संघलाई तिरेर राखिएको उनले बताए ।
'चीनको खासा, न्यालम र केरूङको सामान सबै नेपाली कन्टेनरमा लोड भइसकेका छन्' उनले भने ' लासामा भएको कन्टेन भने लोड भएको छैन ।'
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाका अनुसार सरकारलाई तातोपानी नाका र यहाँको समस्याबारे जानकारी गराउँदा पनि चासो नदिएको बताउँछन् ।
वाणिज्य सघका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवा बन्द भएपछि तातोपानी नाकाबाट व्यावसाय गर्न सुझाए पनि तातोपानीमा सडकको थप समस्या आइपरेको छ ।
संघीय सरकार र ठेकेदार कम्पनीको कारण तातोपानीका स्थानीय र व्यावसायीहरूले हरेक वर्ष दु:ख भोटेकोसी गाउँपालिका २ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए ।
'ठेक्का लगाएको चार वर्ष भयो तर अहिलेसम्म काम भएको छैन । यसले गर्दा समस्या भइरहेको छ' सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर सुरज महर्जनले भने 'अब जसरी पनि सडक खुलाउनुपर्छ बन्द गर्न हुँदैन ।'

रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शब बनाएर दाहसंस्कार

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

पाँच किसिमका मान्छेले खानु हुन्न सजिवन

राशिफलमा यस्तो छ तपाईंको भाग्य

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खानाको व्यवस्था गर्न निर्देशन

प्रतिक्रिया