सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

काठमाडौँ- जिन्दगीमा संघर्ष कसको हुँदैन् र ? दु:खको मैदानबाट संघर्ष गर्दागर्दै सफलताको बाटोतिर लम्किन्छन् मान्छेहरू । यस्तै संघर्षको मैदानबाट अगाडि बढिरहेका व्यक्ति हुन् सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का राज कुमार लामा ।
भनिन्छ दुःख भाग्य होइन, चुनौती हो । अभाव कमजोरी होइन, सम्भावनाको थालनी हो । जसको जीवनमा दुःख छ, उसको आत्मा बलियो हुन्छ । लामाको जिन्दगी पनि यस्तैयस्तै थियो आजभन्दा ठीक ३६ वर्षअघि- दु:खमा चुनौती खोजिरहेका, अभावमा सम्भावना बोकेका ।
लामा परिवारको पनि आर्थिक अवस्था निकै कमजोर थियो । बुवा डन्डी फर्मको काम गर्थे, आमा खेतबारीमा काम गर्थिन् । उनको बुवा एक जनाले कमाएर आठ जनालाई पाल्नुपर्थ्यो । घरमा कहिलेकाहीं दुई छाक खान पनि नपुग्ने अवस्था थियो । उनले चामलको भात खानका लागि कुनै चाडपर्व वा दसैं कुर्नुपर्थ्यो । उनलाई मनमनै लाग्थ्यो रे- दसैँ आए नि हुने मासु त खान पाइन्थ्यो ।
उनले नयाँ लुगा दसैंमा मात्रै देख्थे, त्यहि पनि स्कूल ड्रेस । अरूपछिको दैनिकी उही त्यतिबेलाको चर्चित हात्तीछाप चप्पल- ल्याक्टो चकलेटको खोलले कहिले तारले बाँधेर लागाउने र उही पूराना च्यातिएका कपडा ।
परिवार आर्थिक अभावमा जुध्दाजुध्दै उनलाई तत्कालिन क्षमादेवी माध्यमिक विद्यालयमा भर्ना गरिदिए । भर्ना गरिदिएपछि उनको दैनिकी थियो- बिहान एक डोका घाँस ल्याउने अनि घरमा पाकेको जे छ त्यो खाएर पढ्न जाने, स्कूल छुट्टि भइसकेपछि घरमा आमाले कहिले मकै, कहिले बिहानको बासी ढिडोसङ्ग मुलाको आचार बनाएर दिनुहुन्थ्यो तेसपछी एक भारी घाँस दाउरा गर्ने ।
न मन लागेको बेलामा एक छाक मिठो खाने उनको तागत थियो, न भनिएको बेलामा कपीकलम किन्न सक्ने उनको हैसियत । बस् उनीसँग थियो- दु:खमा हुर्किरहेको चुनौती र सम्भावना ।
आखिर मान्छे न हो । मिठो मसिनो कसलाई खान मन लाग्दैन् र ? राम्रो कसलाई लगाउन मन लाग्दैन् र ? तर, यी त थिए कल्पना मात्रै ! भित्रभित्रै तातिरहेको थियो गरिबीको घाम ! थाहा थिएन उनलाई आफूमाथि लागेको त्यो गरिबीको घाम अस्ताउँछ वा अझै चर्किन्छ ! चरम अभावमा पनि हसिँलो उनी कसैसँग केही गुनासो गर्दैनथे, बस् सधैं गहिरो आँखामा आशा झल्काउन खोज्थे मात्रै ।
न उनले जाडोमा एक थान बाक्लो ज्याकेट लगाउन पाउँथे न एक जोर चप्पल नै । कहिलेकाहीँ उनी आफैले आफैँलाई प्रश्न गर्थे- तँ किन यति गम्भीर छस् ? र मनमनै आफैले आफैँलाई जवाफ दिन्थे- 'मैले दुःख देखेको छु, अभाव झेलेको छु अब यो दु:खले मलाई जित्ने होइन, म उसलाई जित्नेछु ।' एउटा अटुट विश्वास चाहीँ उनको मनमा थियो । यसरी नै लामाले आफ्नो बाल्यकालमा गाउँको माटो ढुङ्गा, डाँडाकाडा,खोलासँग खेल्दै रमाउँदै बिताए । लामा भन्छन् 'उनको घरको पारिपट्टी एकदमै सुन्दर छाहरे र खानीखोला झरना छ । कहिलेकाहीँ मनमा चिन्ता पीडा हुँदा घरमुनिको डाँडामा गएर त्यही झरना भीरपाखालाई हेरेर मनलाई शान्त र खुशी बनाउथे ।
यस्तै दु:खले झेल्दाझेल्दै उनले कक्षा ८ को जिल्ला स्तरिय परीक्षा दिए । त्यसपछि केही दिनको छुट्टीमा उनी भिनाजुसँग काम खोज्दै काठमाडौँ आए । त्यसअघि काठमाडौँमा कहिल्यै पाइला नटेकेका उनी १४ वर्षको उमेरमा २०६० सालमा पहिलो पटक काठमाडौँ आए । काठमाडौँ आउन उनलाई घरायसी बाध्यता त छँदै थियो, त्यहीँमाथि काठमाडौँ कस्तो होला भनेर हेर्ने रहर पनि खुबै थियो । काठमाडौँ आएपछि उनले चारैतिर ठूलाठूला घर सडकमा गुडिरहेको ठला बसहरू चिल्लाचिल्ला कार, मोटरसाइकल र साँझको समयमा झिलिमिली बत्ती देखेर छक्क परे।
त्यसपछि उनले भिनाजुसँगै काम थाले- घरको पिल्लरमा बुटा बनाउन प्रयोग गरिने सिमेन्टको मुठा बनाउने । सिमेन्टको काम पञ्जा लगाउनु पर्छ भन्ने थाहा थिएन, दिनभरि खाली हातले सिमेन्ट मोल्दामोल्दै उनको हातका १० वटै औंला सिमेन्टीले छियाछिया भयो । त्यसपछि उनले त्यो काम गर्न सक्ने अवस्था भएन । उनी लागे बालुवा चाल्ने र सिमेन्टको भारी बोक्नेतिर । उनले करिब १५ दिन काम गरेपछि फेरि लागे गाउँतिर । गाउँ लागेपछि उही पूरानै दैनिकी सुरू भयो, घाँस दाउरा र स्कूले जीवन ।
चरम अभावमै उनले एसएलसी दिए । एसएलसी दिएको हप्ता दिन नबित्तै उनी काठमाडौँ फेरि आए उही कामको खोजीमा । उनले कहिले बुबासँग त कहिले काकासँग डण्डी फर्माको ज्यामी (लेबर)काम गरे । बुवा र काकासँग काम नभएको बेला अर्कै ठेकेदारसँग वाल प्लास्टरको काम गर्ने गर्थें । उनले कामलाई सानो ठूलो कहिले ठानेनन्, निरन्तर त्यही गरिरहे । उनी मुनि दुई बहिनीहरू र एक कान्छा भाइ थिए, भाइ जन्मेको ३ महिनादेखि बिरामी भएर ३ बर्षसम्म लगातार बिरामी भइरह्यौ यसबीचमा कति डाक्टरलाई देखायो, कति धामीझाँक्रीलाई देखायो केही सीप लागेन् । बुबाले अलिअलि गरेर कमाएको सबै पैसा पनि सकियो भाइलाई पनि बचाउन सकेन।
'निम्न वर्गको परिवारमा हुर्किएकाले होला ठूलो बहिनीलाई ४ कक्षा भन्दामाथि पढाउन सकेन र कान्छी बहिनीलाई चाहिँ जसोतसो गरेर क्षमादेवी स्कुलबाट १२ सम्म पढाउन सकियो' उनी भावुक हुँदै भने । उनी एसएलसी दिएर कामको सिलसिलामा बुबासँग काठमाडौँमा काम गर्दै थिए । काम गर्दागर्दै एक जनाले उनलाई सुनाए 'भोलि त एसएलसीको रिजल्ट आउने रे ! उनको मनमा खुल्दुली भयो, के हुने होला ! ऊनी रातभरि सुतेनन्, भोलिपल्ट बिहानै उनी गोरखापत्र पत्रिका किन्न गए- पत्रिकामा उनले आफ्नो सिम्बोल नम्बर देखे, उनलाई अझै पत्यार लागेन अनि स्कूलमा सरलाई फोन गरेर सोधे । सरले जवाफ दिए- बधाई छ पास भएछस् । उनी खुसीले गद्गद् भए । 'जिन्दगीमा त्यो खुसी अर्कै थियो' र पछि स्कुलमा मार्सिक लिना जादा सेकेन्ड डिभिजनमा ५९.७०% अंक ल्याएको रहेछ लामाले बताए ।
त्यसपछि उनी काठमाडौँको पशुपति बहुमुखी क्याम्पसमा भर्ना भए । क्याम्पस भर्ना भएपछि उनको दैनिकी फेरियो- बिहान कलेज जाने दिउँसो लेबर काममा । काम गर्दै जाँदा उनी झन्झन् निखारिँदै गए । उनले ११ र १२ पढ्ने बेलासम्म त्यहि लेबर काम गरिरहे । १२ कक्षा पास गरेपछि शैलुङ्गेश्वरी निर्माण सेवाका रामशरण सापकोटाले उनका बुवालाई खबर पठाए- तिम्रा छोरालाई पनि यहीँ ल्याउ, काम हेरेर पैसा दिउँला ! उक्त निर्माण सेवामा उनका बुवाले पहिलेदेखि नै काम गरेका थिए । त्यहाँ लामाले ठेक्कापट्टाको साइट रेखदेख गर्ने काम पाए। उनले महिनाको रु. चार हजार पाँच सयमा काम सुरु गरे। काम पहिलेको भन्दा अलि फरक- पहिला उनी आफै गर्नुपर्थ्यो त्यहाँ उनले जागिर पाए- काम अरूलाई लगाउने, सामानको रेखदेख गर्ने । तर उनले पूरानो बानी किन छाड्थे र- कहिलेकाहीँ काम गर्ने मान्छे नहुँदा उनी आफै काम गर्थे । उनले एक वर्ष त्यसरी नै काम गरेपछि उनलाई सापकोटाले कामप्रतिको इमानदारीता देखेर सुपरभाइजर बनाए, र सुपरभाइजर बनेर एक वर्ष काम गरेपछि सोही कम्पनीले उनलाई फर्निचर डिपार्टतिर पठायो, तलब पनि बढाइदिए । त्यहाँ बस्दाबस्दै फर्निचरसम्बन्धी उनले धेरै काम सिके त्यसपछि सोही कम्पनीले उनलाई मेटल सम्बन्धी काम गर्न अर्को ठाउँमा पठायो।
शैलुङ्गेश्वरी कम्पनी अन्तर्गत साइटहरूमा उनले चार वर्ष काम गरेपछि अब सधैं अरूको काम मात्रै गरेर हुँदैन् आफैले काम गर्नुपर्छ भनेर उनले काम छाड्ने मनस्थिति बनाए । कम्पनी छाडेको छोटो समयमै उनले दोलालघाटमा घर बनाउने काम ६ लाख रूपैयाँमा पेटी ठेक्कामा पाए । ७ महिनामै सबै काम सक्काए । त्यसपछि भोजपुरमा एउटा ठेक्का परेको थियो- त्यहीँ काम गर्न भोजपुर गए । ९ महिना जति त्यहाँ काम गरेपछि सापकोटाले फोन गरेर काम गर्न बोलाए र उनी फेरि शैलुङ्गेश्वरीसँग जोडिएर सुपरभाइजरको रूपमा जागिर सुरू गरे ।
दुई वर्ष काम गरें । तेतिबेला सम्मा उनले बिहे गरिसकेको थिएँ, बच्चा पनि भइसकेको थियो । तलबले मात्रै नपुग्ने स्थिति आयो' लामाले भने 'त्यसपछि विदेश जान्छु भनेर मलेसियाको लागि एप्लाई गरें । तर सापकोटा दाइले थाहा पाएर थप केही रकम तलब बढाइदिने भनेपछि भिसा क्यान्सिल गरें ।' र, उनले २०७१ सालसम्म त्यहीँ कम्पनीमा काम गरे,र २०७२ जेठ १ गतेबाट उनले फेरि कम्पनी छाडे ।
लामा भन्छन् 'भाग्य भन्द कर्म ठूलो हो भग्याले कर्म बनाउने होईन कर्मले भाग्य बनाउने हो। आफ्नो सीप मेहनत लगनशीलता र धैर्यताले नै भाग्य बनाउँछ । आफ्ना सपना मनमै राखेर ।' त्यसपछि उनले आफैले घर बनाउने ठेक्कापट्टाको काम सुरू गरे,र उनिसङ्ग घर निर्माण गर्दा अवश्यक पर्ने कुनै पनि औजार सामान केही थिएन त्यो सामान किन्नको लागि आमाले कानमा लगाएको सुनको रिङदेखि श्रीमतीले लगाएको रिङ र तिलहरीसम्म बेचेर उनले घर बनाउँदा प्रयोग गर्ने फर्मा मेसिन किने । तर बिडम्बना उनलाई त्यो घर बनाउँदा घाटा लाग्यो । तर उनी काममा सधैं इमान्दारी थिए । उनको इमान्दारिता बिश्वास र काम देखेर त्यस वरपरका ३/४ वटा घर निर्माण गर्ने ठेक्का पाए । त्यसबाट उनले अघिल्लो घर बनाउँदाको घाटा मात्रै उठाएनन्, राम्रै नाफा पनि कमाए । हालसम्म उनले एक सयभन्दा बढी घरहरू बनाईसकेका छ्न। लामा भन्छन् दुखमा नआतिनु, सुखमा नमतिनु भन्नू हुन्थ्यो मेरो आमाले हो रहेछ। लामा भन्छन् । हिजोको दिनमा दुख संघर्ष जे जस्तो भोगेर आएपनी आजको दिनमा आफ्नै मेहनतले भनम या कर्मले भनम मीठो मसिनो दुई छक खानालाइ कुनै चाडपर्व या दसैं कुर्नु परेको छैन। लामा प्राकृतिक प्रेमी, घुमफिर गर्न मन पराउने भएरहोला अलिकति फुर्सद हुने बितिकै कतै घुम्न साथीहरू हिँडिहाल्छ्न् ।
गत वर्ष मात्रै लामा र उसको मिल्ने एक जना दाइ रमेश कुमार गौतमसँग देश तथा विदेश घुम्ने अवसर पाए । यसै क्रममा उनीहरू थाइल्याल्याण्ड, सिङ्गपुर र मलेसिया घुमेर आएको बताउँछ्न् । 'रमेश दाइ त मेरो अभिभावक जस्तै हुनुहुन्छ। मलाई हरेक कुरामा साथ सपोर्ट गर्दै आउनुभएको छ। लामा विगत ७२ सालदेखि एक्लै काम गर्दै आएतापनि केहि वर्ष यतादेखि होमनाथ गौतम दाइ र म सँगै मिलेर काम गरिरहेका छौँ । उहाँ एकदम मनको सफा हुनुहुन्छ । दिल खोलेर कुरा गर्नुहुन्छ। सायद ममा इमानदारिता देखेर नै होला हामीसँगै मिलेर काम गरम भन्नू भएको' लामा लामो सुस्केर हाल्दै भन्छन्, 'भनिन्छ नि रगतको नाता भन्दा भावनाको नाता ठूलो हुन्छ त्यसैले होला मलाई दाइहरूले असाध्यै माया गर्नुहुन्छ अहिले हामीसँगै सयौं मानिसहरु जोडिएका छन् । हाम्रो ग्रुपमा नक्सा बनाउनेदेखि निर्माण सम्पन्नसम्म हामी आफै गर्छैँ अरु ग्रुप खोज्नु परेको छैन । सर्वप्रथम हामी आफ्नो कामको क्वालिटिमा प्राथमिकता दिन्छौं। प्राविधिक तथा इन्जिनियरको नियमलाई फलो गर् छु। हाम्रो हरेक साइटमा प्राविधिक इन्जिनियर राखेर काम गरिरहेको छौँ ।'
लामाको जिन्दगीमा यस्तै संघर्ष, दुख भोगेर आएकोले होला उनले कहीँकतै दु:ख पाएकाहरू देखे भने सहयोग गर्छन्। आर्थिक अवस्था कमजोर भएर जो विरामी परेका छन उनीहरूलाई उनले आर्थिक सहयोग गरिरहेक हुन्छन्। सामाजिक काममा पनि उत्तिकै सक्रिय उनी कतै मठ मन्दिर बनाउने भए भने आर्थिक सहयोग गरिहाल्छन् ।
'पहिला आर्थिक अवस्था कमजोर थियो । त्यही दु:ख देखेर पनि होला अहिले कसैलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने गर्नुहुन्छ' बाह्रबिसे नगरपालिका-३ का वडाध्यक्ष जीवनकुमार भण्डारीले भने 'मान्छे सहयोगी भावनाको हुनुहुन्छ, समाजसेवी मनको ।'
गाउँकै मंगलादेवी मन्दिर बनाउन नगरपालिकाले ५ लाख बजेट छुट्याएको लामा परिवारले बाँकी १० लाख बराबर थपेर १५ लाख रूपैयाँ लाग्ने मन्दिर निर्माण गरेको वडाध्यक्ष भण्डारीले बताए । 'हामीले मन्दिरका लागि ५ लाख रूपैयाँ छुट्याएका थियौँ । उहाँहरूले करिब १५ लाख रूपैयाँ बराबरको काम गर्नु भयो । लामा भन्छन् यो मन्दिर निर्माण गर्दा मैले मात्रै त सम्भाव थिएन। वडा अध्यक्ष ज्युले गर्नु भएको सहयोग अनि हाम्रो यहि मंगलीदेवी गुठी समुहबाट रु १लाख ५० हजार देस तथा बिदेशमा रहेको साथीहरू मर्फत रु ६०,१३०/ सहयोग स्वरुप प्राप्त भएको अरु बाँकी रकम चाहिँ म आफैले हालेको लामा भन्छन् 'अझै मन्दिरले पूर्णतः पाको छैन। तारबार बार्न र गेट निर्माण गर्न बाँकी नै छ।'
अन्ततः विदेशको घुमघाम कस्तो राह्यौ त ? लामा भन्छन् 'घर उस्तै, मान्छे उस्तै, बाटो उस्तै,, फरक यति हो त्यहा घरहरू बनाउँदा नियम अनुसार बनाएको छ हाम्रो यहाँ सकेसम्म सरकारी जमिन नै अधिग्रहण गरेर मापदण्ड विपरित घर बन्छ, त्यहँको बाटो चिल्लो धुलो धुवारहित कतै खाल्डाखुल्डि हुँदैन, हाम्रो यहाँ जताततै खाल्डाखुल्डि आज कालोपत्र गरेको सडक एक हप्तापछि देखिनै भत्कन सुरु हुन्छ । कम गुणस्तरीय सामानको प्रयोग गर्छन्, त्यहाँको मान्छे नेता जनताले एउटै नियमको पालना गर्छन्, यहाँ नेता नेता/कार्यकर्ता नेताको परिवारलाई नियम कानुन लाग्दैन, नियमलाई आफ्नो सम्झिन्छन् । जो गरिब निमुखा पिछडिएका सबैलाई नियम लाग्छ । हाम्रो देश यस्तै विदेश जस्तो हुनालाई चाहिँ चुनाव आउनुपर्छ; गाउँको सबै नेता तुल्याउँछन् बाटो पनि चिल्लै बनाउँछन्, खल्डाखुल्डि पनि पुरिदिन्छ्न् नेपाल त पुरै सिङ्गापुर नै बनाउँछ्न् । अनि चुनाव जितेको भोलिपल्टदेखि कसैलाई चिन्दैनन् हिजो चुनावमा जनतासँग गरेको वाचा त सबै बिर्सन्छ्न् अनि कहाँबाट हुनु विकास...!

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शब बनाएर दाहसंस्कार

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

तातोपानी सडक नखुल्दा सरकारसँग आक्रोशित छन् व्यवसायी, नाका नखुले दसैँ-तिहार म…

पाँच किसिमका मान्छेले खानु हुन्न सजिवन

राशिफलमा यस्तो छ तपाईंको भाग्य

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

प्रतिक्रिया