म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

दमौली (तनहुँ)- तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ ।
यहाँस्थित दुई रोपनी जग्गामा कोदोको बीउ राखिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए । यसअगाडि यस ठाउँमा कृषकले एक्लाएक्लै रूपमा कोदो रोप्ने गरेपनि यसपटकदेखि भने सामूहिक रूपमा कोदो खेतीलाई अगाडि बढाइएको उनको भनाइ छ ।
उनका अनुसार यहाँ गाउँपालिकाको सहयोगमा आठ प्रजातिका रैथाने कोदोको बीउ रोपिएको छ । उनले भने “पहिला पनि यहाँ मकै र कोदो खेती हुन्थ्यो, तर अहिले कृषकलाई सङ्गिठत रूपमा कोदो खेतीमा आकर्षित गर्न खोजेका हौँ ।” माझिलाङ र हर्षपुरमा कोदो खेती हुने गरेको छ ।
म्याग्देका अन्य वडामा भन्दा यस क्षेत्रमा कोदो राम्रो उत्पादन हुने गरेको छ । यहाँका कृषकलाई आवश्यक उपकरण पनि प्रदान गरिएको छ ।
बजारमा कोदोको राम्रो माग रहेको जनाउँदै उनले भने, “पहिला पहिला कोदो लुकेर खाने प्रचलन थियो, आजभोलि परिस्थिति फेरिएको छ, हुने खानेले पनि कोदोको प्रयोग गर्ने अवस्था बढेको छ ।”
माझिलाङ कृषक समूहका अध्यक्ष श्याममाया नाम्जाली दुई रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा कोदो रोपिएको जानकारी दिए । उनका अनुसार विगतमा छुट्टाछुट्टै रूपमा कोदो खेती गर्ने गरिएको थियो ।
म्याग्दे गाउँपालिकाकाले कोदो खेतीलाई प्राथमिकतामा राखेको जनाउँदै अन्य वडामा पनि यसलाई विस्तार गरिने स्पष्ट पारेको छ ।
कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति हुने भएकाले यसको खेतीमा फाइदा रहेको जनाइएको छ ।

मुस्ताङमा खोलाले बगाउँदा एक युवा बेपत्ता

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
_b8015joA1z_ezj2uyjyewmqg3lx0xdoeu0jtnuf6ps61uem81wsvttkkmpgl8fs3hfrljro_c1RbhS8SpX_kjhio4wehauqovomw3mctfgk5qskt0muhwoe2adzdqi2ojp5alj41di4bzrv.jpg)
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

एउटै पालिकाका २४३८ घर बाढीपहिरोको जोखिममा

प्रतिक्रिया