शनिबार २४ साउन, २०८२
Saturday, August 09, 2025

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता (एआई)को अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् । 

३१औँ विश्वआदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले  यहाँ आज आयोजना गरेको ‘आदिवासी जनजाति र कृत्रिम बौद्धिकताः अधिकारको रक्षा र भविष्यको निर्माण’ विषयमा गोष्ठीको उद्घाटन गर्दै उनले भने, “जसले आज एआईको प्रयोगबाट विकास गरेको छ, त्यसले लाभ लिएको अवस्था छ, संसारका धनी वा गरिब सबै देशले एआईबाट अधिकतम लाभ लिनसक्छन् ।”

सरकारका प्रवक्ता समेत रहुनभएका मन्त्री गुरुङले अहिले विकासको हरेक प्रक्रियामा एआईको प्रयोग हुने गरेको उल्लेख गर्दै कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, पर्यटन, उद्योग र विपत्ति व्यवस्थापनलगायत क्षेत्रमा यसको प्रयोग बढाउने गरी काम भइरहेको पनि बताए ।

आदिवासी जनजातिका विषयमा संवैधानिक, कानुनी र नीतिगत अधिकारको खोजी गरी त्यसको कार्यान्वयन र थप अधिकारका लागि एकजुट हुनुपर्ने उनको भनाइ  छ । उहाँले भन्नुभयो, “एआई हाम्रो लागि अवसर हो, यसको ठीक ढङ्गले प्रयोग गर्न जानिएन भने चुनौती बढ्दै जान्छ, ती चुनौती कसरी कम गर्न सकिन्छ भन्नेबारे पनि छलफलहरु भएका छन् ।” 

आजभन्दा ४३ वर्ष अगाडि संयुक्त राष्ट्रसङ्घ, आदिवासी जनसङ्यासम्बन्धी कार्यसमूहको प्रथम बैठक सन् १९८२ को ९ अगष्टमा बसेको दिनको स्मरणमा संयुक्त राष्ट्रसङ्घले विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि हरेक वर्षको ९ अगष्टलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घको एक अध्ययनअनुसार विश्वभरका आदिवासी जनजातिको जनसङ्ख्या ६० करोडभन्दा बढी छ र यो विश्वजनसङ्ख्याको करिब ७५ प्रतिशत हो । उनीहरू विश्वका ९० भन्दाबढी देशमा बसोबास गर्दछन् । विश्वमा बोलिने सात हजारभन्दा बढी भाषामध्ये दुई तिहाइ अर्थात् पाँच हजारभन्दा बढी भाषा आदिवासी जनजातिले प्रयोगमा ल्याएका छन् ।

नेपालमा बोलिने १२४ मध्ये ९३ भाषा आदिवासी जनजातिका भाषाहरू हुन् । विश्वमा प्रचलित ८० प्रतिशत खाद्य उत्पादन आदिवासी ज्ञानमा आधारित छ । 

भौगोलिक रूपमा पृथ्वीको २८ प्रतिशत भूभागमा आदिवासी जनजातिको बसोबास छ र उनीहरू ८५ प्रतिशत जैविक विविधताका संरक्षक पनि हुन् । 

आयोगका अध्यक्ष रामबहादुर थापामगरले विशिष्ट ज्ञान र सीपका धनी आदिवासी जनजाति समुदायलाई संरक्षण र सम्वद्र्धन गर्नु राज्यको कर्तव्य र दायित्व दुवै भएको उल्लेख गरे । 

कैलाली कारागार मृत्यु प्रकरण : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुखलाई

कैलाली कारागार मृत्यु प्रकरण : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुखल…

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना: प्रभु साह

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा