शनिबार २४ साउन, २०८२
Saturday, August 09, 2025

कैलाली कारागार मृत्यु प्रकरण : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुखलाई

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई छलफलका लागि बोलाएका छन् । शनिबार कैलाली कारागारमा एक जनाको मृत्यु हुने गरी भएको झडपबारे छलफल गर्नका लागि गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका हुन् ।

गृह मन्त्रालयमा बस्ने बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी हुनेछन् ।

झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् । कारागार कैदीहरूले नियन्त्रणमा लिएपछि प्रहरीहरू जान सकिरहेका छैनन् ।