सोमबार २६ साउन, २०८२
Monday, August 11, 2025

फुटबल खेलाडी प्रीति राई जोर्डनको एतिहाद क्लबमा अनुबन्धित हुँदै

काठमाडौं- नेपाली महिला फुटबल खेलाडी  मिडफिल्ड स्टार प्रीति राई जोर्डनको चर्चित महिला क्लब एतिहाद क्लब जोर्डन सँग आबद्ध भएकी छिन्। क्लबले सामाजिक सञ्जालमार्फत एक ब्लर गरिएको फोटो सार्वजनिक गरेर जानकारी दिएको हो । जसमा प्रीतिले क्लबको जर्सी समातेको देखिएको छ ।

सामाजिक सञ्जालमा लेखिएको छ,' सिजनको सबैभन्दा ठूलो घोषणा आउनै लागेको छ! एतिहादको सुपर मिडफिल्ड ड्र्यागन आइपुगेकी छिन्।'

यसले प्रीति राईलाई एफसी वुमन च्याम्पियन लिग २०२५/२६ को लागि जोर्डनको एतिहाद क्लबको तर्फबाट खेल्न सक्षम बनाउनेछ। उनी ग्रुप 'सी' मा रहने छिन । जहाा मलेसिय , सिंगापुर र किर्गिस्तानका क्लबहरूसँग प्रतिस्पर्धा हुनेछ।