यसवर्ष पनि पब्लिक स्पिच नेपाल हुने

काठमाडौँ- गतवर्षदेखि सुरु गरिएको ‘पब्लिक स्पिच नेपाल, २०८२’ यसवर्ष पनि हुने भएको छ । युवाहरुको वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने लगायतका उद्देश्यले बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रव्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो ।
सो संस्थाका अनुसार, पब्लिक स्पिच नेपाल तीन चरणमा हुनेछ । अडिसन, सेमिफाइनल र फाइनल चरणमा हुने उक्त प्रतियोगिताका लागि देशभरबाट इच्छुकहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागीले आगामी भदौ १० गते भित्र नाम दर्ता गर्नुपर्ने र १३ गते भित्र सार्वजनिक वक्तव्यको श्रव्यदृश्य उपलब्ध गराउनु पर्ने जनाइएको छ । फाइनल २९ गते हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीले क्रमशः नगद रु ५०, ३० र २० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

पर्यटकीयस्थल गंगा खोला संरक्षण गर्न श्रमदान अभियान

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

आज मधेसलगायत चार प्रदेशका पहाडी भुभागमा वर्षा हुने

आज सोमबार कसको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद

प्रतिक्रिया