माओवादी नेतृत्वको सरकारले युवालाई विशेष प्राथमिकता दिएको छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्वको सरकारले युवालाई विशेष प्राथमिकता दिएको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै प्रचण्डले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको बताएका हुन् ।
'अन्तर्राष्ट्रिय युवा दिवसमा, म सबै युवालाई आह्वान गर्दछु- आफ्नो सीप, ऊर्जा र विचारलाई जनताका पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि लगाऔँ । युवालाई राष्ट्र निर्माणको अग्रपंक्तिमा उभ्याऔँ र परिवर्तनको यात्रालाई अझ सबल बनाऔँ' प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
आफू पनि युवा अवस्थामा युवा संघको अध्यक्ष हुँदै पार्टीको नेतृत्वमा पुगेको बताउँदै प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गर्दै, हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको बताए ।
'हामीले अगुवाई गरेको बलिदानीपूर्ण संघर्षले मात्र राजनीतिक व्यवस्थामा परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धिहरू पनि दिलायो । गर्वका साथ भन्न चाहन्छु- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नै नेपालको एक मात्र यस्तो पार्टी हो जसले पार्टीका सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ' प्रचण्डले भनेका छन् 'यसले युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गरेको छ ।'
युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न र नवप्रवर्तनलाई संस्थागत रूप दिन माओवादीले महत्त्वपूर्ण पहलहरू सुरु गरेको प्रचण्डले बताए ।
'युवा स्वरोजगार कोषको स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो । राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत स्वरूप दिइयो । युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरेर सीप, तालिम र लगानी पहुँचमार्फत नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गरियो' प्रचण्डले भने 'नवप्रवर्तन गर्ने युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान अघि बढाइयो, जसले उनीहरूलाई आर्थिक सहायता मात्र होइन, बजारसम्मको पहुँच पनि उपलब्ध गरायो ।'
वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा अनुभव आर्जन गरेका युवालाई स्वदेशमै व्यवसाय सुरु गर्न प्रेरित गर्न रिटर्नी उद्यमी कार्यक्रम अघि सारिएको प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 'यद्यपि बिडम्बना, म पछिका सरकारले त्यसलाई निरन्तरता दिएन । यी सबै कार्यक्रम र योजनाहरू केवल कागजी घोषणामा सीमित भएनन्, बरु हजारौँ युवाको जीवनमा वास्तविक परिवर्तन ल्याउने अभ्यासको रूपमा समेत विकसित भए' विज्ञप्तिमा भनिएको छ ।

आजको मौसमः मधेसमा मध्यम वर्षा हुने

सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु,१५ जनाघाइते

आज चार संसदीय समितिको बैठक बस्दै

वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रतिक्रिया