ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

मुम्बई- यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ ।
ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनुअघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ ।
अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, जसले चलचित्र दर्शकहरू माझ ठूलो प्रतिक्षाको संकेत गर्दछ । यससँगै वारः २ ले प्रभास–फ्रन्टेड आदिपुरुष (१.१ मिलियन)पछि उपलब्धि हासिल गर्ने दोस्रो बलिउड फिल्मको रेकर्ड बनाउन सफल भएको छ ।
समग्रमा वारः २ का लागि बुक माई शोमामा एक मिलियन रुचि राख्ने १४औं चलचित्र र १२औं भारतीय चलचित्र हो । यसबाहेक यस्तो माइलस्टोनमा पुग्ने गैर–भारतीय फिल्महरू थिए, एभेन्जर्सः एन्डगेम (१.५७ मिलियन) र अवतारः फायर एन्ड ऐश (१.१० मिलियन)को रेकर्ड रहेको छ । कमल हासनको ‘एलसीयू’ फिल्म विक्रमले टिकटिङ प्लेटफर्ममा २.३ मिलियनको साथ सबैभन्दा बढी चासो राखेको फिल्म हो ।
‘वारः२’ पछिल्लो उदाहरण हो । र, यशराज फिल्मसको जासूस युनिभर्समा छैटौं फिल्म हो र यसले ऋतिक र जूनियर एनटिआर बीच उच्च तहको भिडन्त देखाउने गरेको छ । फिल्ममा कियारा आडवाणी, आशुतोष राणा र अनिल कपुरको पनि मुख्य भूमिका रहेको छ ।
यदि बुक माइ शोमामा प्रि–रिलिजको चासो टिकट काटने ठाउँमा दर्शक गएमा यसको धमेकादार उदघाटन हुनेछ । यसैबीच, चलचित्रको अग्रिम बुकिङ खुलेको छ र रिलिज हुन २ दिनभन्दा बढी समय बाँकी रहेकाले अहिलेसम्म राम्रो प्रतिक्रिया पाइरहेको छ।

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

को बढी शिक्षित, आमिर कि शाहरुख खान ?

पाँच देशमा अझै कायम छ बहुपति प्रथाको चलन

स्मृति इरानी बनिन्, सबैभन्दा बढी कमाउने टेलिभिजनकी कलाकार

प्रतिक्रिया