पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : कांग्रेस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पौडेलको गिरफ्तारीको घटना आपत्तिजनक एवं निन्दनीय भएको बताएका छन् । सरकारको यो प्रवृत्ति विरुध्द देशब्यापी प्रतिरोध गरिने देउवाले उल्लेख गरेका छन् ।
देउवाले पौडेललाई तत्काल रिहा गर्न चेतावनी दिँदै अन्यथा उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन भनेका छन् । 'सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,' देउवाले विज्ञप्तिमा भनेका छन् ।
तनहुँको जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात उद्घाटन गर्न जाँदै गर्दा पौडेल माथी गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक भएको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
'वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु,' देउवाले भनेका छन् ।
यसैबीच पौडेलको गिरफ्तारीको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतले विराेध गरेका छन् ।
यस्ताे छ देउवाकाे विज्ञप्ति
तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथी गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ l
सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु l
वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु l
जय नेपाल !
शेरबहादुर देउवा, सभापति
यो पनि ......
कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया