कोभिडबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ संक्रमणबाट जनताको जिवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोभिड महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजि क्षेत्रको साथ आवश्यक रहेको बताएका हुन् ।
उनले मुलुकमा विकास लगायत धेरै कुराको आवश्यक रहे पनि अहिले भने सरकारको ध्यान कोभिड नियन्त्रणमा ल्याउनेमा रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले नेपालमा कोभिडको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको बताए । उनले सबै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिबद्धता दोहर्याए । कोभिड नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजि क्षेत्रलाई आह्वान पनि गरे ।
उनले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताए । उनले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चुनौती रहेको बताए । उत्पादन वृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नसक्ने उनको भनाइ छ । उनले कोभिडका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताए ।
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

प्रतिक्रिया