नेपालमा थप २,८३८ जनामा कोभिड संक्रमित

काठमाडौँ - नेपालमा बुधबार थप २ हजार ८ सय ३८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा एक हजार नौ सय १८ र तीन हजार नौ सय एक एन्टीजेन परीक्षणबाट ९२० जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ६ सय ३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ४ सय ७५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३६ हजार ४०२ संक्रमित निको भएका छन् ।
हाल नेपालमा २६ हजार ८३२ सक्रिय संक्रमित आइसोलेसन र ३०१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ९५ हजार ६९ पिसिआर र २ लाख ७४ हजार ८६२ वटाा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया