प्रधानमन्त्रीलाई देउवाको प्रश्न : पौडेललाई किन समाएको ?

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँबाट प्रहरीले नियन्त्रणमा लिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग आपत्ति जनाएका छन् । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले पौडेलकै सुरक्षाका लागि नियन्त्रणमा लिइएको जानकारी प्रहरी प्रशासनले गराएको देउवालाई बताएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 'सभापति ज्यूले प्रधानमन्त्रीलाई टेलिफोन गरेर किन नियन्त्रणमा लिएको भनेर सोध्नुभयो,' उनले इकागजसँग भने, 'प्रधानमन्त्रीले उहाँकै सुरक्षाका लागि नियन्त्रणमा लिएर उहाँकै घरमा राखिएको जानकारी दिनुभयो ।'
यसअघि विज्ञप्ति जारी गरेर देउवाले तत्काल रिहा गर्न सरकारलाई चेतावनी दिएका थिए । अन्यथा उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन पनि भनेका थिए । 'सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,' देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तनहुँको जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटन गर्न बोलाएपछि जाँदै गर्दा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नगरपालिकाले निर्माण गरेको पुल उदघाटन कसबाट गराउने भन्ने विषयमा कांग्रेस र नेकपाबीच विवाद भएपछि स्थानीय प्रशासनले बुधबार मध्यान्ह १२ बजेबाट निषेधाज्ञा जारी गरेको थियो । तर कार्यक्रम निषेधाज्ञा जारी गरेको स्थलमा पौडेल कार्यकर्तासहित जान लागेपछि प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया