मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

सत्ता गठबन्धनलाई माओवादीको आग्रह : छिटै साझा कार्यक्रम तय गर

काठमाडौँ : नेकपा माओवादी केन्द्रले सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिटै तय गर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरू छिटो भन्दा छिटो तय गर्न गठबन्धन दललाई आग्रह गर्ने निर्णय गरेको हो ।

न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीको तर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीले प्रतिगमनविरुद्धको संघर्षलाई सफल बनाएको भन्दै अव पार्टी गतिविधिलाई तिव्रता दिने निर्णय गरेको छ । जस अनुसार साउन १७ गते स्थायी कमिटी र साउन २० गते केन्द्रीय कमिटी बैठक बिहान ११ बजेदेखि बस्ने गरि आह्वान गरेको छ ।

बैठकले असंवैधानिक अलोकतान्त्रिक प्रवृति रोक्न पार्टी सफल भएको निष्कर्षसमेत निकालेको प्रवक्ता श्रेष्ठले बताए । उनले मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभएपनि सरकारले छिट्टै पूर्णता पाउने दावी गरे । त्यस्तै बैठकले माओवादीका नेता नरबहादुर कर्मचार्यको स्मृति दिवस साउन ९ गते पेरिसडाँडामा बिहान ९ बजे कार्यक्रमको आयोजना गरेर मनाउने निर्णयसमेत गरेको छ । माओवादीले विश्वासको मत दिने सवैप्रति आभार व्यक्त गरेको छ । 

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिवडा

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ : मनिष झा

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…