काठमाडौँका यी ठाउँमा लगाउन पाइन्छ जोन्सन एन्ड जोन्सनको खोप

काठमाडौँ : मंगलबार (आज)बाट सरकारले अमेरिकी सहायतामा आएको जोन्सन एन्ड जोन्सको कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ । काठमाडौँ जिल्लाभित्रका ४४ खोप केन्द्रमार्फत खोप लगाइरहेको छ ।
मंगलबारबाट सुरु भएको यो कार्यक्रम बुधबारसम्म राखिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका १८ खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ ।
रत्नपार्कको वीर अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, बानेश्वरको निजामती कर्मचारी अस्पताल, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, थापाथलीको परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज, लाजिम्पाटको नेपाल प्रहरी अस्पताल, छाउनीको बिरेन्द्र सैनिक अस्पताल, सोह्रखुट्टेको पिपल डेन्टल तथा जनरल अस्पतालमा खोपको व्यवस्था छ । त्यस्तै ज्ञानेश्वरको हिमाल अस्पताल, चावहिलको ओम हस्पीटल एन्ड रिसर्च सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, बालाजुको जनमैत्री अस्पताल, स्वयम्भुको मनमोहन अस्पताल, कलंकीको नेसनल अस्पताल, प्रदर्शनीमार्गको काठमाडौँ मोडेल अस्पताल, धुम्बाराहीको ह्याम्स हस्पीटल तथा रिसर्च सेन्टर, र बाँसबारी शहिद गंगालाल अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया