एमालेको ओली समूहले अन्तिम समयसम्म पार्टी एकताको प्रयास गर्ने
पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष

काठमाडौँ : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी एकताको प्रयास अन्तिमसम्म गर्ने भएको छ । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रीय समितिको बुधबारको बैठकमा बोल्दै ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । 'पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिबद्धता अध्यक्ष ओलीले बैठकमा राख्नुभएको छ,' पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीसँग भने, 'तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनु भयो ।'
एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा काम गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पुर्याउने, प्रतिपक्ष दलको हैसियतमा जनसरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दबाब दिने गरी अघि बढने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समीक्षा गर्दै धन्यवादसमेत दिएको छ । बैठकले भोली (बिहीबार) नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसा १ बजे मनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ ।
तीन दिन देखि जारी एमाले केन्द्रीय समिति बैठक भोली पनि बस्नेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया