जो बेपत्ता भएको १७ वर्षपछि घर फर्किए

स्याङजा- यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन् । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका-६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन् ।
जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँड्नुभएका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताए । 'यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो', पत्नी बलीकुमारीले भने, 'उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं ।' घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले सुनाए ।
दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो ।
त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका-२ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजूरी आयोगमा परेकामा उनी पनि परिवारसँगै रहेको पाइएको थियो । पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए । रासस

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
_mhvIbpGGfT_18pz1nk1auhhqkw6lcplmz1wwehts89ks8molu52wheo0bazk4drzjhtpvuv_YC0JzZMp91_042why53mu7hqvyesf99iihiixfgsy469ihzomelkaxvl1kgy00md4typek4.jpg)
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

नासिए मौलिक सम्पदा

करेन्ट लागेर एकको मृत्यु

विश्व सम्पदा दिवस: व्यास सम्पदा संरक्षणका लागि पदयात्रा

प्रतिक्रिया