शाहरुख खानसँगको फिल्मसँगै बलिउडमा डेब्यु गर्दै नयनतारा

मुम्बई : दक्षिण भारतकी सबैभन्दा सफल अभिनेत्री नयनताराले पहिलो पल्ट बलिउड फिल्म गर्ने भएकी छिन् । तमिल फिल्म निर्देशक एटलीको निर्देशन रहने फिल्मबाट उनले बलिउड प्रवेश गर्न लागेकी हुन् । शाहरुख खानको अभिनय रहने यो फिल्म लामो समयदेखि चर्चामा छ ।
शाहरुख खानको ‘जिरो’असफल भएपछि गुप्तबासमा रहेका शाहरुखले एटलीको यो फिल्ममा चासो दिएको समाचार आएको थियो । तर, शाहरुखले यो फिल्मअघि यशराज फिल्मस्को ‘पठान’को सुटिङ थाले । अब भने शाहरुखले यो फिल्मपछि यो फिल्मलाई समय दिने खबर छ ।
३६ वर्षीय नयनताराले तमिल, तेलगु र कन्नड सबैतिरका फिल्ममा काम गरे पनि हिन्दी फिल्ममा भने अहिलेसम्म काम गरेकी थिइनन् । प्रेस ट्रस्ट अफ इन्डियाले उनले फिल्म गर्न लागे पनि उनको भूमिका भने स्पष्ट नभएको लेखेको छ । फिल्ममा शाहरुख भने दोहोरो भूमिकामा देखिनेछन् ।
नयनतारा चाँडै नै रजनीकान्त र विजय सेतुपतिसँगको फिल्ममा देखिँदैछन् । मुख्यतया तमिल सिनेमामा देखिने नयनतारा दक्षिणमा सबैभन्दा महंगो अभिनेत्री मानिन्छिन् ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया