न्युजिल्याण्डमा 'पर्यावरण आपतकाल' घोषणा

न्युजिल्याण्डले बुधबार पर्यावरण आपतकाल घोषणा गरेको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बुधबार वेलिङ्टनको संसद्मा पर्यावरण आपतकाल घोषणा गर्न एक प्रस्ताव पारित गरिन् । सांसदहरूले यो प्रस्तावको पक्षमा मतदान गरे ।
सार्वजनिक संस्थाहरुमा कोइलाको प्रयोग कम गरि इलेक्ट्रिक कारको प्रयोग बढाउन र २०२५ सम्ममा कार्वनको मात्रा कम गर्नको लागि सरकारले नयाँ प्रयास गरेको हो ।
प्रधानमन्त्री आर्डेनका अनुसार सरकारले सामान्यतया प्राकृतिक प्रकोप आएका बेला आपत् काल घोषणा गर्थ्यो । तर यदि जलवायु परिवर्तनलाई अहिले नै ध्यान दिएन भने यस्ता विपत्ती आउने क्रम जारी रहने हुँदा आउँदो पुस्ताले सामना गर्नुपर्ने बोझलाई मध्यनजर गरेर यो घोषणा गरेको उनले बताइन् ।
उनले भनिन्, 'यो समस्या ऋणको बोझ जस्तै हो । त्यसैले अहिले नै यी मुद्दाहरूमा हामीले नेतृत्व प्रदान नगरे, यी समस्याहरू आउँदो पुस्ताले विरासतको रुपमा प्राप्त गर्नेछन् । त्यसैले समाधान गर्न प्रयास गर्नुपर्छ ।'
जलवायु परिवर्तनका कारण न्युजिल्याण्डले बाढी आउने, वन् आगलागी हुने, समुन्द्री सतह बढ्ने जस्ता समस्या झेलिरहेको घोषणामा लेखिएको छ । जलवायु परिवर्तन मानवताको सबैभन्दा ठूलो खतरामध्ये एक भएको घोषणामा उल्लेख छ । साथै ग्लोबल वार्मिङ कम गर्न समेत काम गर्ने प्रतिवध्दता जाहेर गरेका छन् ।
प्रधानमन्त्री आर्डेनले भनिन्, 'कोभिड १९ महामारीले आर्थिक क्षेत्रमा पुर्याएको असरबाट माथि उठ्न जलवायु परिवर्तन पनि एक महत्वपूर्ण विचार हो । कार्बन तठस्थतामा ध्यान राख्दै देशको आर्थिक रुपमा सबल बनाउन यो महत्वपूर्ण कदम हो ।'विपक्षी जलवायु परिवर्तनका प्रवक्ता स्टुअर्ट स्मिथका अनुसार यो प्रस्ताव खाली र व्यर्थ हो ।
आर्डेनले २०३० सम्ममा १ खर्ब बोट रोप्ने, अपतटीय तेल र ग्याँसको अन्वेषण गर्ने, सतप्रतिशत नवीकरणीय उर्जाबाट बिजुली ग्रीड चलाउने योजना बनाएको छ । सरकारले २०५० सम्म कार्बन तठस्थ बनाउन गतवर्ष विधेयक समेत पास गरेको थियो । यो विधेयकले विदेशी मुद्रा भित्राउने किसानलाई छुट दिने व्यवस्था समेत गरेको छ ।
हालसम्म स्कटल्याण्ड, वेल्स, बेलायत, जर्सी, गणतन्त्र आयरल्याण्ड, आइल अफ म्यान, पोर्चुगल, होली सी, क्यानडा, फ्रान्स, अर्जेन्टिना, स्पेन, अस्ट्रिया, माल्टा, बंगलादेश, एन्डोरा, माल्दिभ्स, दक्षिण कोरिया र जापानका संसदले "पर्यावरण आपतकाल" घोषणा गरिसकेका छन् ।

'वार्ता असफल भएमा अमेरिकी प्रविधि कम्पनीमा कर लगाउन सक्छ'

चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता

पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की

ओमानको मध्यस्थतामा अमेरिका- इरान बिच भाेली बार्ता हुने

नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

अमेरिकाले भारत पठायो मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणा
चीनले अमेरिकाविरूद्ध विश्व व्यापार संगठनमा दियो उजुरी

प्रतिक्रिया