स्वास्थ्यले भन्यो : संक्रमण बढ्न सक्छ, अक्सिजन र बेड तयार गर्नू

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर आउने भन्दै स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थालाई अक्सिजन, बेड र आवश्यक पूर्वाधार तयारी गरेर राख्न निर्देशन दिएको छ । केही दिन यता बढेको संक्रमितको संख्याले कोभिडको तेस्रो लहर आउन सक्ने संकेत गरेको मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञा खुकुलो भएकाले बुझी-नबुझी, लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लघंन भइरहेको मन्त्रालयको सह-प्रवक्ता डा. समिर कुमार अधिकरीले विज्ञप्ति निकालेर जनाएका छन् ।
'एक सातादेखि संक्रमणको दर बढिरहेको छ,' डा. अधिकारीले भने,' पाँच सय भन्दा बढी संक्रमित रहेको १० जिल्ला छन् । दुई सय भन्दा बढी संक्रमितहरू २६ जिल्ला छन् ।'
गत साताको तुलनामा यसै साता बढी संक्रमित थपिएको अधिकारीले जानकारी दिए । संक्रमण बढिरहेकाले रोकथाम तथा नियन्त्रण गर्न सबै नागरिकले जनस्वास्थ्यको मापदण्ड गर्नुपर्ने उनको भनाइ छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया