३००० अंक नाघ्यो नेप्से, चार कम्पनीको सेयर भाउमा उच्च वृद्धि

काठमाडौँ : सेयर बजार मापक नेप्से परिसूचक एक महिना एक सातापछि फेरि ३००० नाघेको छ । १८.७५ अंकले नेप्से बढेर ३००४.३१ बिन्दुमा पुगेको हो ।
असार १ नेप्से परिसूचक ३०२२ बिन्दुमा पुगेको हो । चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । लक्ष्मी उन्नत कोष, ङादी ग्रुप पावर, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र माउन्टेन हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
पाँच समूहका परिसूचकबाहेक अन्य समूहका परिसूचक कमजोर छन् । तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।
११ अर्ब ११ करोड रुपैयाँको कूल सेयर कारोबार भएको छ । एक लाख १४ हजार सात सय ७२ पटकको कारोबारमा पाँच करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी कृषि विकास बैंकको सेयर कारोबार भएको छ ।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया