अष्ट्रेलियाविरुध्दको एकदिवसीयमा भारतको सान्त्वना जीत

काठमाडौँ : अष्ट्रेलियाविरुध्द भएको अन्तिम एकदिवसीय खेलमा भारतले सान्त्वना जीत निकालेको छ । तेस्रो तथा अन्तिम एकदिवसीय खेल भारतले १३ रनले जित्यो । सिरिज भारतले दुई एकले गुमाएको छ ।
कानबेरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय दुई रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले ६३, हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले क्रमसः ९२ र ६६ रन बनाए । हार्दिकले ९२ रन बनाउन ७६ बलमा सात चौका र एक छक्का प्रहार गरे । जडेजाले ५० बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।
राम्रो सुरुवात गर्न नसकेको भारतका ओपनर शिखर धवन १६ रनमा र शुंभव गिलले ३३ रन बनाए । त्यसपछि क्रिजमा आएका श्रेयस ऐयर १९ र लोकेश राहुल मात्र पाँच रनमा फर्किए ।
जवाफमा अष्ट्रेलियाले ४९ ओभर तीन बलमा सबै विकेट गुमाउँदै २ सय ८९ रन बनायो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ७५ रन बनाए । मोइसेस हेनरिकले २२ केमरुन ग्रिनले २१ रन र एलेक्स कारेले ३८ रन बनाए । ग्लेन म्याक्सवेलले ५९ रन र एस्टोन अगरले २८ रन थपे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ORiDPGXjcz_bickchwe2pjovkp4y74npfwbmpar7hz5syefdk3gwppej3qginkuojma5fzv.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया