बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

नेपाल समूहलाई ओलीले भने : आममाफी भयो, आउनुस् एमालेलाई एक बनाएर जाऔँ

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेतालाई आममाफी भएको बताएका छन् । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई आज बिहीबार सम्बोधन गर्दै ओलीले एक पटक मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताएका हुन् ।  ओलीले को कहाँ छौँ भन्ने कुरा बिर्सेर देश र जनताको कुरा गर्न उनले आग्रह गरे । 

‘को कहाँ भन्ने कुरा छोडौँ, देश र जनताको कुरा गरौँ । अब विवाद छोडेर एकताको कुरा गरौँ,’ नेपाल समूहलाई फकाउँदै ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु हिजो जे सुकै भएको होस् आममाफी। आउनुहोस् मिलेर काम गरौँ ।’ 

ओलीले हिजो मात्रै नेपाल समूहका २२ सांसदलाई स्पष्टीकरण सोधेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै उनले हिजो मात्रै २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।