तनहुँको व्यासमा एक हजार २४५ योजना सम्पन्न
दमौली : तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा एक हजार २४५ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता समिति र बोलपत्रमार्फत उक्त योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
उपभोक्ता समितिमार्फत एक हजार २०३ योजना सम्पन्न भएका छन् । बोलपत्र प्रक्रियामार्फत ७३ योजना सञ्चालन गरिएकामा ४२ योजना सम्पन्न भएका छन् । बाँकी योजना कोभिड तथा विपद्का कारण सम्पन्न हुन नसकेको नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । “कोभिड सङ्क्रमणका कारण केही समय काम पनि रोकियो, विपद्ले पनि काममा असर पर्याे”, उनले भने, “३१ योजना अधुरा छन् ।”
बिहीबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र बाढीले पु¥याएको क्षति पुनःस्थापन गर्न आफैँले जाली बुन्ने कार्यमा पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिने निर्णय गरेको छ । नगरपालिकाले नगरप्रमुखको अध्यक्षतामा नगरस्तरीय र वडाध्यक्षको वडाध्यक्षमा वडा विपद् व्यवस्थापन समिति संशोधित ऐनअनुसार पुनःगठन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
यसैगरी नगरपालिकाका साविक स्थानीय निकायका कर्मचारीको समायोजन तथा स्तरवृद्धि गरिएकामा बैठकबाट अनुमोदन गर्ने निर्णय भएको छ । नगरपालिकाले व्यास–१० दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा २५ शय्याको नगर कोभिड अस्पताल व्यवस्थापन गर्न वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । साथै सोही अस्पतालमा पिसिआर प्रयोगशालासमेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ ।
व्यास–७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडाध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ भने कर्मचारी समायोजन एवं स्तरवृद्धिपछि नगरपालिका सङ्गठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगरसभा बस्नुपर्ने भएकाले संशोधन प्रस्ताव १५ दिनभित्र पेश गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गरिएको छ । रासस

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
_mhvIbpGGfT_18pz1nk1auhhqkw6lcplmz1wwehts89ks8molu52wheo0bazk4drzjhtpvuv_RMtijQQXak_pb5hegyfzccb8p1reoaqkf7poxavjx5gscaapptprlnsrf03l8139bhsu9uy.jpg)
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

नासिए मौलिक सम्पदा

करेन्ट लागेर एकको मृत्यु

विश्व सम्पदा दिवस: व्यास सम्पदा संरक्षणका लागि पदयात्रा

प्रतिक्रिया