मेडिकल काउन्सिलले ४० वर्ष उमेर कटेका पाइलटको स्वास्थ्य परीक्षणमा कडाइ गर्ने

काठमाडौँ – मेडिकल काउन्सिलले ४० वर्ष उमेर कटेका पाइलटको स्वास्थ्य परीक्षणमा कडाइ गर्ने भएको छ । काउन्सिलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पाइलटको स्वास्थ्य परीक्षण विषय विज्ञसँग गराउन पनि निर्देशन दिएको छ ।
विमान चालक पाइलटहरूको स्वास्थ्य परीक्षण सम्बन्धित विषयको काउन्सिलमा दर्तावाला चिकित्सकसँग गर्नुपर्ने काउन्सिलले जनाएको छ । विज्ञ चिकित्सकको आवश्यक परेमा काउन्सिलसँग सम्पर्क गर्न काउन्सिलले आग्रह गरेको छ ।
वरिष्ठ क्याप्टेन राकेश राणाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई कारबाही गर्न उनकी श्रीमती पुष्पा राणाले डा. ऋषि खत्रीको नाममा उजुरी हालेकी थिइन् । उनले २०७७ चैत ४ गते काउन्सिलमा निवेदन दिएकी थिइन् ।
काउन्सिलको छानबिनमा चिकित्सकको गल्ती भेटिएको थियो । एक वर्षसम्म मुटु रोग विशेषज्ञको काम गर्न नदिने, एक वर्ष तालिम गरेको प्रमाण र थप सिकाइ गरेको प्रमाण भएमा काम गर्न दिइने काउन्सिलले बताएको छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया