प्रदेश २मा कोभिड–१९ संक्रमितको संख्या १५ हजार नजिक

राजविराज : प्रदेश २ मा कोभिड–१९ भाइरसका संक्रमितको संख्या १५ हजार नजिक पुगेको छ । शनिबार २ सय २७ जना नयाँ संक्रमित थपिएका छन्।
यससँगै यस प्रदेशमा कोभिड–१९ संक्रमितको संख्या १४ हजार आठ सय ४७ पुगेको हो।
स्थास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवका अनुसार प्रदेश २ मा शनिबार ६६ महिलासहित २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार महोत्तरीमा १ सय २५, पर्सामा २२, धनुषामा १८, सर्लाहीमा १२, बारामा १२, रौतहटमा १०, सप्तरीमा १०, सिरहामा ७ र अन्य प्रदेशका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै शनिबार प्रदेश २ मा २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १२ हजार ७ सय ९४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ। हाल यस प्रदेशमा १ हजार ८ सय ९३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_Grrt13A1bT_f8s2nm1dxtsazwppyw1jvxlec5qvi94pbfdn2xehglkzce4run7jzbedqrna.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

प्रतिक्रिया