मौसम पूर्वानुमान: बागमती प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ - आज बागमती प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार देशभर मनसुनी वायुको सामान्य प्रभाव छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले नाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बागमती प्रदेशको एक-दुई स्थानमा ठूलो बर्षाको सम्भावना रहेकोले नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया