मौरी पालनबाट वार्षिक १२ लाखसम्म आम्दानी

सुर्खेत - सेना–प्रहरीबाट अवकास भएपछि धेरैले सुरक्षा गार्डको जागिर रोज्छन्। यसैका लागि कतिपय विदेश हानिन्छन् । तर, वीरेन्द्रनगर–१२, पिपिराका अमरबहादुर तारामी मगरको हकमा यो कुरा लागू भएन । अवकासपछि उनले न सुरक्षा गार्डको जागिर रोजे न विदेश नै हानिए । बरु गाउँघरमै केही गर्ने योजना बनाए ।
सेनाको जमदार पदबाट अवकास भएपछि उनले मौरीपालन व्यवसाय थाले । ‘२०५८ सालमा पेन्सन पकाएर अवकास भएपछि योजना बनाउँदा-बनाउँदै दुई वर्ष बित्यो,’ अमरले भने, ‘सबै व्यावसायको विषयमा अध्ययन गरेँ । कर्णालीमा मौरीपालन व्यवसाय सजिलो, नाफा पनि हुने र यसको भविष्य पनि राम्रोे देखेपछि २०६० सालबाट कामको सुरुवात गरेँ ।’
उनले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । हिमालयन मौरीपालन उद्योग समेत सञ्चालन गरेका छन् । पाँच हजार रुपैयाँको लगानीमा एक घार मौरीबाट व्यवसाय सुरुवात गरेको बताउने मगर अहिले वार्षिक १२ लाखसम्मको आम्दानी हुने गरेको बताउँछन् ।
‘एक घार भेरी सामुदायिक वन उपभोक्ता समूह र एक घार आफनै लगानीबाट सुरु गरेको थिएँ,’ उनले भने, ‘तिनै दुई घार मौरीले एक वर्षमा ३० घार मौरी बनाएँ र एक घार समूहमै फिर्ता गरेँ । अहिले एक सय घारभन्दा धेरै मौरी भएका छन् । वार्षिक १० देखि ११ लाखसम्म आम्दानी हुन्छ।’
मौरीपालन व्यवसायको सम्भावना
कर्णालीको प्राकृतिक सौन्दर्यता र विभिन्न जडिबुटीका कारण पनि यहाँ मौरीपालन व्यावसायको थुप्रै सम्भावना रहेको उनी बताउँछन् । मौरीपालनलाई व्यवसायिक बनाउन सरकारी स्तरबाट विशेष पहल हुनुपर्ने उनको भनाइ छ । तर, सरकारले कुनै चासो नदिएको उनको गुनासो छ । आफूले कतैबाट अनुदानसमेत नपाएको उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया