मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

झलनाथ खनालको सबै उपचार खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौँ- सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्‍लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने मन्त्रिपरिषद्‌ बैठकको निर्णयमा उल्‍लेख छ ।

'पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्‍लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा लागेको सम्‍पूर्ण खर्च नेपाल सरकारले व्यहोर्छ' मन्त्रिपरिषद्‌ बैठकको निर्णयमा भनिएको छ 'उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्‍लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्नेछ ।'

यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नहुने बताएका थिए ।