राज कुन्द्राको कम्पनीबाट शिल्पाको राजीनामा, शिल्पामाथि अनुसन्धान गर्दै प्रहरी

मुम्बई : पोर्न फिल्म बाँडेको आरोपमा राज कुन्द्रामाथि अनुसन्धान गरिरहेको मुम्बई प्रहरीले अभिनेत्री शिल्पा सेठ्ठीमाथि पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले शुक्रबार ६ घन्टा राज र शिल्पाको घर खान–तलासी गरेको थियो । प्रहरीले पूरा मुद्दामा शिल्पाको संलग्नता छ कि छैन भनेर जाँच गरिरहेको टाइम्स अफ इन्डियाले लेखेको छ ।
पोर्न फिल्म एप्समार्फत बाँडेको अभियोगमा शिल्पा पति राज कुन्द्रालाई ५ दिन अघि प्रहरीले समातेको थियो । प्रहरीले अनुसन्धानका लागि भन्दै मंगलबारसम्म उनलाई हिरासतमा लिने अनुमति लिएको छ । यही समयमा शिल्पाले राज कुन्द्राको अफिसबाट राजीनामा दिएको पाएपछि प्रहरी शिल्पातर्फ केन्द्रित भएको हो । शिल्पा राजले चलाउँदै आएको भिआन इन्डस्ट्रिजको निर्देशक थिइन् ।
प्रहरीले शिल्पाको बैंक अकाउन्टको पनि अनुसन्धान गरिरहेको छ । निर्देशक भएको नाता उनले कति लाभ लिएकी छिन् ? प्रहरीले यो विषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
५ दिन अघि राज र उनका एक सहयोगीलाई प्रहरीले पक्राउ गरे पनि शिल्पालाई प्रहरीले अहिलेसम्म खोजेको छैन । तर, उनीतर्फ पनि सोझिएको अनुसन्धानले शिल्पालाई पनि राजसँगै हिरासतमा पुर्याउने सक्ने आशंका पढेको छ ।

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

प्रतिक्रिया