जसपाको यादव समूहले दलको नेतासहितका पदाधिकारी चयनको प्रक्रिया सुरु गर्ने

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूहले संसदीय दलको नेता, प्रमुख सचेतक तथा दलका पदाधिकारी बनाउन निर्वाचन समिति बनाउने भएको छ । त्यसका लागि अहिले पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समिति बैठक बसिरहेको छ ।
बैठकको मुख्य एजेण्डा दलले पारित गरेर पठाएको संसदीय दलको विधान संशोशनसहित पारित गर्ने छ । त्यस्तै बैठकमा प्रशिक्षण अभिमुखीकरण सम्बन्धमा पनि छलफल भइरहेको छ ।
पार्टीको अर्को समूहले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धमा दायर गरेको रिट र निर्वाचन आयोगले ११ साउनमा आधिकारिकताका लागि सबै कार्यकारिणी समिति सदस्यलाई बोलाएको सम्बन्धमा पनि छलफल भइरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको प्रशिक्षण र सर्वोच्च अदालतमा महन्थ ठाकुरले दिएको मुद्दा र निर्वाचन आयोगमा जारी आधिकारिकता विवादका विषयमा छलफल भइरहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया