आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

तीन बुँदे सहमती कार्यावन्यन गराउन चन्दले थाले नेतृत्वको 'घरदैलो'

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरकोमा पुगेका छन् । उनीहरूबीच लामो छलफल भएको जसपा नेताले बताए । उनका अर्का नेता खड्गबहादुर विश्वकर्मासँगै ठाकुरलाई भेट्न उनको निवास पुगेका हुन् । 

चन्दले पछिल्लो समय राजनीतिक भेटवार्ता गर्दै आफ्नो एजेण्डा राख्‍ने गरेका छन् । चन्दले यसअघिको केपी शर्मा ओली नेतृत्व सरकारसँग गरेको सहमतिलाई कार्यावन्यनमा लैजान जोड दिइरहेका छन् । त्यहाँ भएका सहमतिहरूलाई अघि बढाउन उनी लागि परेको एक नेताले जानकारी दिए । सहमती ओलीले गरे तर अलपत्र राखिदिए सहमतीकाे बुँदालाई । 

अलपत्र तीन बुँदे सहमतीलाई कार्यावन्यनमा लैजान उनले सत्तापक्षसँग वार्ता गरिरहेका हुन् । उनकाे याे शैलीलाई चन्दको घरदैलौकाे संज्ञा दिएका छन् । उनले यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत सत्तापक्षधर नेतासँग वार्ता गरिसकेका छन् । उनले सबै भेटवार्ता नेताको निवासमा पुगेर गरिरहेका छन् ।