युथफोर्स आतंक होइन, आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन हो : पोखरेल
काठमाडौँ - एमालेले केही समय अघि ब्युँत्याएको युथ फोर्सलाई भ्रष्टाचार विरुद्ध अभियान चलाउन महासचिव ईश्वर पोखरेललले निर्देशन दिएका छन् । उनले 'जे गर्दा जनता खुसी हुन्छन्, त्यही गर्नू' भन्दै त्यस प्रकारको अभिव्यक्ति दिएका हुन् । नागरिकले नराम्रो ठान्ने काममा सहज हुन पनि उनले युथफोर्सलाई भनेका छन् ।
शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले भने, ‘यो युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्न आवश्यक छ ।’ युथफोर्स नै किन ब्युँत्याएको भन्ने प्रश्न पार्टीभित्र उठ्दै गर्दा यसको औचित्यबारे प्रष्ट पार्ने काम पनि महासचिवले गरेका हुन ।
‘जनतासँग जोडिने, उनीहरुले नचाहेको काम नगर्ने, भ्रष्टाचारको भण्डाफोर गर्ने, स्वरोजगार अभियान चलाउने जस्ता कार्य अत्यावश्यक छन्,’ उनले सम्बोधनमा भने । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथीको रुपमा सहभागि नभए पनि कार्यक्रमको प्रमुख अतिथी रहेका पोखरेलले पटक पटक भने, ‘युथफोर्स कुनै आतंक होइन । कसैले आतंक सिर्जना गर्न खोज्छ भने त्यसलाई तह लगाउने संगठन भने हो ।’
कानुनी शासन मान्ने कुरा गर्दै आतंकलाई ठेगान लगाउने संगठन पनि रहेको भन्दै बाझिने धारण पाेखरेलले राखेका छन् । उनले एमालेको रक्षा गर्ने एउटा खम्बाको रुपमा रहने भन्दै युथ फोर्सले युवा संघलाई अभिभावकको रुपमा मानेर अघि बढ्ने पनि बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया