शनिबार ठाकुरपछि पूर्वगृहमन्त्री थापालाई भेटे

काठमाडौँ - नेकपा महासचिव नेत्रविक्रम चन्दले शनिबार मात्रै दुई फरक फरक पार्टीका नेतालाई भेटेका छन् । पहिला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका चन्दले त्यसपछि पूर्वगृहमन्त्री रामबहादुर थापालाई भेटेका छन् । थापा निवास जोरपाटी पुगेर चन्दले थापालाई भेटेका हुन् ।
चन्दसँगै खड्ग विश्वकर्मा र सन्तोष बुढा थापालाई भेट्न थापा निवासमा पुगेका थिए । छलफलमा चन्दले सरकारसँग भएको तीन बुँदे सहमती कार्यान्वयन गर्न पहल गरिदिन आग्रह गरेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । चन्दको पार्टीसँग भएको तीन बुँदे सहमतिमा गृहमन्त्रीको हैसियतमा थापाले हस्ताक्षर गरेका थिए ।
थापाले कानुन अनुरुप मिल्ने नेता कार्यकर्तालाई सरकारले रिहा गरिसकेको र अब प्रक्रिया पुर्याएर अन्य सहमती अनुरुपका काम पूरा गर्न आफू लागिपर्ने बताएका थिए । आफू सरकार बाहिर रहे पनि सहमति कार्यान्वयन गर्न लागिपर्ने बताए ।
चन्दले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूलाई भेटिसकेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया