पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन

इस्लामाबाद : पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो ।
उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ ।
जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए । प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।
बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए । तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए । रासस

'वार्ता असफल भएमा अमेरिकी प्रविधि कम्पनीमा कर लगाउन सक्छ'

चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता

पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की

ओमानको मध्यस्थतामा अमेरिका- इरान बिच भाेली बार्ता हुने

नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

अमेरिकाले भारत पठायो मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणा
चीनले अमेरिकाविरूद्ध विश्व व्यापार संगठनमा दियो उजुरी

प्रतिक्रिया