विरेन्द्र सेहवाग केही भारतीय खेलाडीसँग भए निराश

काठमाडौँ- श्रीलंकाविरुद्धको एकदिवशिय श्रंखलामा भारत २-१ ले विजयी भयो । अन्तिम खेलमा जित हासिल गरे पनि घरेलु टिमले भ्रमणकारी टिमलाई श्रंखला जित्नबाट रोक्न सकेन । छिमेकी श्रीलंकाको भ्रमणमा युवा खेलाडी तथा अरुबेला कम मौका पाएका खेलाडीहरूलाई भारतीय टिमले स्थान दियो ।
राहुल द्रबिडको प्रशिक्षण तथा शिखर धवनको कप्तानीमा रहेको भारतीय टिममा सबैजसो खेलाडीहरूले सन्तोषजनक खेल देखाए । पहिलो खेलमा भारतीय ब्याटिङ राम्रैसँग चल्यो । दिपक चहारले दोस्रो खेलमा आफ्नो ब्याटिङले सबैको मन जिते । तेस्रो खेलमा चेतन साकारिया तथा राहुल चहारले कुल पाँच विकेट लिए ।
भारतीय टिमको सकारात्मक पक्षहरू त देखिए नै, केही कमजोरी पनि देखिए । भारतका पूर्वखेलाडी विरेन्द्र सेहेवागले एक दिवशीय श्रंखला दौरान हार्दिक पान्ड्या र मानिस पान्डेले पाएको मौका सदुपयोग गर्न नसकेको प्रतिक्रिया दिए । विशेषगरी पान्डेको प्रदर्शनप्रति सेहवागको आलोचना थियो । पान्डेले तीन खेलमा क्रमशः २६, ३७ र ११ रन बनाएका थिए । श्रीलंकामा देखाएको लयले पान्डेले आगामी एक दिवशीय श्रंखलाहरूमा मौका नपाउने सम्भावना रहेको सेहवागको भनाइ थियो ।
‘श्रीलंका भ्रमण मनिष पान्डे र हार्दिक पान्ड्या जस्ता खेलाडीहरूका लागि मौका थियो । तर दुवै खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । यद्यपि यो सिरिजमा सबैभन्दा बढी मौका पान्डेले पाए । उनले तीन वटै खेल खेले । ब्याटिङ गर्ने मौका पाए,’ सेहवागले भने, ‘तर उनले मलाई निराश बनाए । मलाई लाग्छ उनले अबका दिनमा एक दिवशीय श्रंखलामा मौका नपाउन सक्छन् । उनीभन्दा अन्य खेलाडीले राम्रो गरेका छन् ।’

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया