दोस्रो एकदिवसीयमा वेष्ट इन्डिज विजयी
काठमाडौँ : अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ । आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको हो ।
अष्ट्रेलियाले दिएको १८८ रनको सामान्य लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर भेट्टायो । उसका लागि निकोलस पुरनले नटआउट ५९ र जेसन होल्डरले ५२ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ३ र एडम जाम्पाले २ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलिया ४७ ओभर १ बलमा १८७ रनमै अलआउट भएको थियो । उसका लागि वास अगरले सर्वाधिक ४१ रन बनाए । अष्ट्रेलियालाई सस्टैमा अलआउट गर्न वेष्ट इन्डिजका अलजारी जोसेफ र अकल हुसेनले समान तीन/तीन विकेट लिए ।
सुरुवाती ब्याट्सम्यान सस्तैमा आउट भएपछि अष्ट्रेलिया हार व्यहोर्न बाध्य भएको हो । जितसँगै तीन खेलको एकदिवसीय श्रृङ्खलामा वेष्ट इन्डिजले १-१ को बराबरी ल्याएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Adm1IQ9fVX_qoqa08g0vdvax3kiv3quh1y8e6a9ftg4wwe3hewhcnlve26qrxc4n9kyvhnb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया