निर्मला पन्तका हत्यारा पत्ता लगाउन कांग्रेस प्रवक्ताको प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ - सत्ताको नेतृत्वकर्ता पार्टी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले आफ्नै पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी नेता गृहमन्त्री खाणको ध्यानाकरषण गराएका हुन् ।
पन्तको हत्या भएको आइतबार तीन वर्ष पुगेको छ । तीन वर्ष पुगेकै दिन बिहान ट्वीटमा शर्माले लेखेका छन्, 'बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो । सम्माननीय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।'
प्रवक्ता शर्माले बालिका र महिलामाथि हुने बलत्कार र हत्या नियन्त्रण गर्न बारे राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी रहेको ट्वीटरमा उल्लेख गरेका छन् ।
'बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ । निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारुकता बढाऔं !'
बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 25, 2021
प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l pic.twitter.com/fgEW6IExgd
बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 25, 2021
निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, बिशेष तदारुकता बढाऔं !

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया