कोभिडले रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौँ : कोभिड महामारीले रोकिएका परीक्षा त्रिभुवन विश्वविद्यालयले आजदेखि सुरु गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आइतबारदेखि सुरु गरेको हो ।
आइतबार बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु गरिएको भने भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
त्रिविले भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्न यसअघि अनलाइन माध्यमबाट सर्वे गरेको थियो । कोभिडका कारण दुई वर्षदेखि रोकिएको परीक्षा त्रिविले यसपटकदेखि सुरु गरेको हो । त्रिविले परीक्षा सुरु गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको छ । यसअघि अनलाइन माध्यमबाट परीक्षा सुरु गरिएको थियो ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया